ताजा अपटेड

सहित कारोबारी पक्राउ
साउन २, २०७६
पोखरा- पोखरा २४ कास्कीकोटबाट कलमको आकारको ‘पेन गन’सहित पोखरामा एक लागुऔषध कारोबारी पक्राउ परेका छन् । पोखरा ७ मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाट असार २९ गते पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

लागूऔषध सेवन, ओसारपसार गर्ने सुराकी पायौं । त्यही आधारमा उनको घरमा छापा मार्दा कलम जस्तै देखिने पेन गन र गोलीसमेत फेला पार्‍यौं एसपी कार्कीले भने, पेन गनसहित त्यसमा लाग्ने ७ वटा गोली पनि फेला परेको छ ।

उनले रानाभाटको कोठाबाट थुप्रै लागुऔषध पनि बरामद भएको जानकारी दिए । प्रहरीले रानाभाटको डेराबाट ६० वटा फेनेरागन, ब्रुफिन ६० वटा, डाइजेपाम ६० वटा, नाइट्रोसन १५ चक्की बरामद गरेको छ । रानाभाट कक्षा १२ का विद्यार्थी समेत हुन् ।

Published by त्रिपुरासुन्दरी.com

त्रिपूरासुन्दरी गाउपालिकाको गाउँ गाउको कथा ब्यथा खुलाउने माद्याम भनेको त्रिपुरासुन्दरी.com हो

Leave a comment

Design a site like this with WordPress.com
Get started