केटिहरु कस्तो केटाको खोजी गर्छन

केटीहरु कस्तो श्रीमान चाहन्छन् ..
जेष्ठ २०, २०७६
केटा होस वा केटी बिवाहभन्दा अघि उनीहरुको जिन्दगी अलग हुन्छ, र बिवाहपछि पुरै बदलिन्छ । बिहेसँगै बदलिन्छ उनीहरुको सपना र इच्छा । खासगरी केटी हरुलाई आफ्नो इच्छाहरु दबाउनुपर्ने हुन्छ ।केटीहरुले बिहेलाई लिएर धेरै सपनाहरु बुनेका हुन्छन् । धेरै प्रकारको योजनाहरु बनाएका हुन्छन् । केटीहरु आफ्नो हुनेवाला श्रीमान कस्तो होस् भन्ने चाहन्छन् ।

प्रेमको अपेक्षा
बिवाह भन्दा पहिला केटीहरुले यही सोच्छन् कि उसको हुनेवाला जीवनसाथी उसलाई एकदमै प्रेम गर्ने होस् । यसको साथै केयरिङ गर्ने, इमान्दार र रोमान्टिक स्वाभावको होस् । केटा होस् या केटी आफ्नो पार्टनर सबैभन्दा बेस्ट होस् भन्ने उनीहरुको चाहना हुन्छ । केटीहरु सहयोग गर्ने केटा मन पराउँछन् ।

सम्मान गरोस्
सबैलाई थाहा भएको कुरा नै हो केटीहरु आफ्नो सम्बन्ध समझदारी र इमान्दारी सँग निभाउँछन् । हुनेवाला जीवनसाथी उसलाई उति नै सम्मान गरोस जती उ चाहन्छ । केटीहरुले यो कुरा नभने पनि उनीहरु मनै देखि चाहन्छन् ।

केही गरेर देखाउने इच्छा
हरेक केटीहरु आफ्नो आमा बुवाप्रति मनैबाट प्रेम र सम्मान गर्छन् । आफ्नो आमा बुवाहरुको लागि केहि गर्न चाहन्छन् । उनी चाहन्छिन् कि बिवाहभन्दा अघि आफ्नो आमा बुवाको सम्मानको अगाडि बढाउने पुरा कोशिस गर्छिन् ।

आत्मनिर्भर बन्ने
केटीहरु सानो सानो कुरालाई लिएर डराउँछन् । तर अहिलेको समयमा केटीहरुको साहरामा जिउन चाहदैँनन् । जिन्दगीको हरेक फैसला आफ््ने तरिकाले गर्छन् । आफ्नो लागि स्टेन्ड लिनबाट कहिल्यै पछि हट्दैनन् । आफ्नो जीवनको लिएर केटीहरु बढि नै संवेदनशिल हुन्छन् त्यसैले आफ्नो फैसला आफै गर्न चाहन्छन् ।

किनमेल
किनमेल गर्न त सबै केटीहरुको सौख नै हो । किनमेल गर्न मन पराउँछन् । बिवाह अघि केटीहरु धेरै किनमेल गर्न चाहन्छन् । आप्mनो लागि मात्रै होईन उनीहरु आफ्नो पार्टनरको लागि पनि किनमेल गर्न चाहन्छ

Published by त्रिपुरासुन्दरी.com

त्रिपूरासुन्दरी गाउपालिकाको गाउँ गाउको कथा ब्यथा खुलाउने माद्याम भनेको त्रिपुरासुन्दरी.com हो

Leave a comment

Design a site like this with WordPress.com
Get started